वीरगंज । प्रहरीले वीरगंजबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ । वीरगंज महानगरपालिकस्थित गणेश अपार्टमेन्टमा छापा मारी प्रहरीले लुकाइराखेको साढे २२ किलो सुन बरामद गरेको हो ।
प्रहरीले सुन सक्कली हो कि नक्कली भन्ने कुरा अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ । प्रहरीले सुन बरामद गरेपनि त्यसमा संलग्नलाई भने पक्राउ गर्न सकेको छैन ।


