प्रज्जवल थापा । इङ्लिस प्रिमियर लिगमा आज लिग लिडर एभर्टन र लिभरपुल भिड्दै छन् । साविक विजेता लिभपुल र हालको शीर्ष स्थानमा रहेको एभर्टनबीचको खेल रोमाञ्चक हुने सबैले अपेक्षा गरेका छन् ।
घरेलु मैदान गुडिसन पार्कमा हुने खेलमा एभर्टन आफ्नो लयमा निरन्तरता दिने प्रयासमा हुनेछ भने लिभरपुल पछिल्लो हारमा बिर्सेर आफ्नो लयमा फर्किने सुरमा हुनेछ ।
पछिल्लो खेलमा लिभरपुलले एस्टन भिल्लासित ७-२ गोलको लज्जास्पद हार बेहोरेको थियो । हाल एभर्टन लिगको ४ खेलमा सतप्रतिशत जित निकाल्दै शीर्ष स्थानमा छ । लिभरपुल ४ खेलमा ३ जित र एक हार बेहोर्दै पाँचौ स्थानमा छ।
