विराट एक्स्पो उद्घाटन गर्न राष्ट्रपति भण्डारी आज विराटनगर जाँदै

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी आज मोरङको विराटनगर जाने भएकी छन् । मोरङ उद्योग संगठनको आयोजनामा हुने लागेको ‘विराट एक्स्पो २०७९’ उदघाटन गर्न उनी त्यसतर्फ जान लागेकी हुन् ।

कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी एक सातासम्म सञ्चालन हुनेछ । राष्ट्रपति भण्डारीले बुधबार मात्र भोजपुरको रामप्रसाद राई गाउँपालिका-५ मा पर्ने आफू जन्मिएको गाउँ मानेभञ्याङ आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालय उद्घाटन गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *