प्रज्जवल थापा । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले बंगलादेशको राष्ट्रिय टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट प्रशिक्षणका लागि स्वीकृति दिएसँगै राष्ट्रिय टोलीले मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको हो ।
अखिल नेपाल फुटबल संघ(एन्फा) ले शुक्रवार विज्ञप्ति जारी गरी राष्ट्रिय टोलीले बाङ्लादेशसँग नोभेम्बर ११ १९ को बीचमा दुई मैत्रीपूर्ण खेल खेल्ने बताएको छ टोलीले प्रशिक्षण दशैंपछि प्रशिक्षण सुरु गर्नेछ ।
खेलका लागि बंगलादेशले नै एन्फासमक्ष प्रस्ताव राखेको थियो । यसअघि नेपालले फिफा विश्वकप २०२२ को छनोट चरण अन्तर्गतका खेल कोरोना संक्रमणका कारण स्थगित भएसँगै प्रशिक्षण पनि स्थगित गरेको थियो ।
