नेपालगंज । बाँकेमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्युहुनेमा रुकुमपश्चिम चौरजहारी नगरपालिका–१४ का ३३ वर्षीय पुरुष रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि यही असोज २१ गते कोहलपुर शिक्षण अस्पतालमा भर्ना भएका उनमा २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
उपचारका क्रममा आज बिहान ५ बजे उनको मृत्यु भएको अस्पतालका स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका १३ जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ ।
