आइतबार थप २९३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार ७८४ पुग्यो

२१ असार, काठमाडौँ । आइतबार नेपालमा २ सय ९३ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश नम्बर १ मा अहिलेसम्म ६ सय ९४ संक्रमित भेटिएका छन् । ४ सय ६९ डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर २ मा ४ हजार १ सय ६० मा संक्रमण देखिँदा २ हजार ३४ डिस्चार्ज भएका छन् । बागमती प्रदेशमा ५ सय ६३ मा संक्रमण देखिएको छ २ सय ३४ डिस्चार्ज भएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गण्डकी प्रदेशमा १ हजार १ सय ४२ मा संक्रमण देखिएको छ भने २ सय १४ डिस्चार्ज भएका छन् । प्रदेश नम्बर ५ मा ३ हजार ९ सय ६८ संक्रमित रहेका छन् । १ हजार ७ सय २५ डिस्चार्ज भएका छन् । कर्णाली प्रदेशमा १ हजार ५ सय ७९ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ६ सय ७८ मा संक्रमण देखिएको छ । भने क्रमसः १ हजार १ सय ९१ र ६ सय ८० डिस्चार्ज भएका छन् ।

देशका २५ वटा प्रयोगशालाबाट कोरोना परीक्षण सुरु भएको छ । आइतबार ४ हजार ७ सय १० को कोरोना परीक्षण भएको छ । आजसम्म २ लाख ५१ हजार ७ जनाको परीक्षण भएको छ । यस्तै अहिले क्वारेन्टिनहरुमा ३१ हजार ५ सय ७३ रहेका छन् । ६ हजार ५ सय ४७ संक्रमित निको भएर डिस्चार्ज हुँदा ९ हजार २ सय ३ को आइसोलेसनमा उपचार भइरहेको छ । मन्त्रालयले क्वारेन्टिनमा बस्दा अनिवार्य मास्क लगाउन र क्वारेन्टिन बस्नु र जानुपूर्ण अनिवार्य स्वास्थ्य अवस्था जाँच गरी रिपोर्ट गर्न पनि भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *