काठमाडौ, मंसिर २३ । जनमत पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सरकारमा जाने निर्णय गरेको हो ।
सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै जनमत पार्टीले गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने जनाएको छ ।
गठबन्धनसँग वार्ता गर्नका लागि कार्यकारिणी समितिको बैठकले कार्यदलले बनाउने निर्णय समेत गरेको छ । पार्टीले समानुपातिकमा पठाउने पाँच जना सांसदको नाम छनोट गरिसकेको छ ।
बिहीबार बसेको पार्टीको बैठकले समानुपातिकमा अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र गोमा सापकोटालाई पठाउने निर्णय गरेको हो ।