राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

प्रज्जवल थापा । इन्डियन प्रिमियर लिग(आइपिएल) मा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । बुधवार राति भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई १३ रनले पराजित गरेको हो।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा दिल्लीले टस जित्दै पहिला ब्याटिङ गर्न उत्रिएको थियो। दिल्लीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १६१ रन जोड्यो । ओपनर पृथ्व सह खाता खोल्न नसकी आउट भए । आर्का ओपनर शिखर धवनले ३३ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५७ रन जोड्दा अजिङ्के रहाणे २ रनमा पभिलियन फर्किए । कप्तान श्रेयस आयरले ४३ बलमा ५३ रन जोडे । उनले ३ चौका र २ छक्का प्रहार गरे। यस्तै स्टोनिसले १८, एलेक्स केरिले १४ र अक्सर पटेलले ७ रनको योगदान गरे ।

राजस्थानको लागि जोफ्रा आर्चरले ४ ओभर बलिङ गर्दै १९ रन दिएर सार्वाधिक ३ विकेट लिए। जयदेव उनड्कान्तले ३ ओभरमा ३२ रन दिएर २ विकेट लिँदा कार्तिक ट्यागी र श्रेयस गोपालले समान एक विकेट लिए ।

१६२ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले निर्धारित ओभरमा ८ विकेट गुमाएर मात्र १४८ रन बनाउन सक्यो । राजस्थानको लागि बेन स्टोक्सले सार्वधिक ४१ रन बनाए। उनले ३५ बलमा ६ छक्का प्रहार गरे। जोस बट्लर ९ बलमा ३ चौका र १ छक्का प्रहार गरेर आउट हुदा कप्तान स्टेभ स्मिथ १ रनमा आउट भए । सन्जु सम्सन १८ बलमा २ छक्काको मद्दतमा २५ रन बनाएर आउट भए। रोविन उथप्पाले ३२ रन जोडे । उनले २७ बलमा ३ चौका र १ छक्का प्रहार गरे। रियन परागले १, राहुल टेवाटियाले १४, जोफ्रा आर्चरले १ र श्रेयस गोपालले ६ रनको योगदान गरे ।

अनरिच नोर्त्जेले ४ ओभर बलिङ गर्दै ३३ रन दिएर २ विकेट लिए । तुसार देशपाण्डेले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिँदा रबडा, अश्विन र अक्सर पटेलले समान १ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *