सर्लाही-३ मा एमालेका उप्रेती विजयी

सर्लाही । सर्लाही क्षेत्र नम्बर ३ मा नेकपा (एमाले)का हरि उप्रेती विजयी भएका छन्। उप्रेतीले निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नरेन्द्र साहलाई ७७० मतले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

उप्रेतीले ३२ हजार ९सय ३८ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी साहले ३२ हजार १ सय ६८ मत प्राप्त गरेका छन्। त्यसैगरी जनमत पार्टीका त्रिभुवन सिंहले ५ हजार ५१९ ल्याउँदै तेस्रो स्थानमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *