चन्द्र लामा तीन मतले पराजित

काभ्रे। काभ्रे क्षेत्र नं १ को प्रदेशसभा (२) मा प्रदेशसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार चन्द्र लामा तीन मतले पराजीत भएका छन् ।
गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार तीर्थ लामासँग तीन मतान्तरले पराजित भएका हुन्।

कांग्रेसका युवा नेता तीर्थले १९ हजार दुई सय ८० र एमालेका नेता चन्द्रले १९ हजार दुई सय ७७ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा नौ जना उम्मेदवार प्रतिस्पर्धा भएका मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *