कांग्रेस सहमहामन्त्री चौधरीलाई पराजित गर्दै बारा-१ मा एमालेका अच्युत मैनाली विजयी

बारा । बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का अच्युत मैनाली विजयी भएका छन् ।

मैनालीले ३९ हजार १९५ भोट ल्याएर नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

चौधरीले ३० हजार ५६ मत ल्याएका छन् । त्यस्तै रास्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले तीन हजार ३१८ मत पाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *