प्रज्जवल थापा । इन्डियन प्रिमियर लिगमा चेन्नाई सुपर किङ्सले तेस्रो जित निकालेको छ । मंगलबार राति भएको खेलमा चेन्नाईले सनराइजर्स हैदराबादलाई २० रनले पराजित गरेको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको चेन्नाईले पूरा २० ओभर खेल्दै ६ विकेट गुमाएर १६७ रन जोडेको थियो । ओपनर फाफ डुप्लेसी शून्य रनमा गुमाएको चेन्नाइले अर्का ओपनर साम कुरामले २१ बलमा ३१ रन जोडे । उनले ३ चौका र २ छक्का प्रहार गरे । सेन वाट्सनले ४२ रन जोडे । उनले ३८ बलमा ३ छक्का र १ चौका प्रहार गरे । अम्बती रायडुले ३४ बलामा ३ चौका र २ छक्काको मद्दतमा ४१ रन जोडे । कप्तान महेन्द्र सिंह धोनीले १३ बलमा २ चौका र १ छक्काको मद्दतमा २१ रन जोड्दा रवीन्द्र जडेजाले १० बलमा २५ रन जोडे। उनले ३ चौका र १ छक्का प्रहार गरे ।
हैदराबादका लागि सन्दीप शर्माले ४ ओभरमा १९ रन दिएर २ विकेट लिए । खलिल अहमदले ४ ओभरमा ४५ रन दिएर २ विकेट लिए । नतार्जनले ४ ओभरमा ४१ रन दिएर २ विकेट लिए ।
१६८ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित ओभरमा ८ विकेट गुमाएर १४७ रन मात्र जोड्न सक्यो। । हैदराबादले शुरुवात राम्रो गर्न सकेन । कप्तान डेभिड वार्नर ९ रन जोडेर आउट हुँदा जोनि बैस्ट्रो २३ रन बनाएर पभिलियन फर्किए । मनिष पाण्डे ४ रन बनाएर आउट भए । केन विलियम्सनले ३९ बलमा सार्वाधिक ५७ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । उनले ७ चौका प्रहार गरे । प्रियम गर्ग १६, विजय शङ्खर १२, रसिद खान १४, नदेम ५, सन्दीप शर्मा १ रन जोडेर आउट भए ।
चेन्नाईको लागि डेवाइन बार्भोले ३ ओभर बलिङ गर्दै २५ रन दिएर २ विकेट लिए । कर्न शर्माले ४ ओभरमा ३७ रन दिएर २ विकेट लिदा साम कुरान, रविन्द्र जडेजा, शार्धुल ठाकुरले १-१ विकेट लिए । जितसँगै चेन्नाई ८ खेलमा ३ जित सहित ६ अङ्क जोडेको चेन्नाई छैटौं स्थानमा उक्लिएको छ भने समान अङ्क जोडेको हैदराबाद पाँचौं स्थानमा छ।
