सिन्धुपाल्चोक १ मा एमाले र २ मा कांग्रेसको अग्रता

सिन्धुपाल्चोक। आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत सिन्धुपाल्चोक जिल्लाका क्षेत्र नम्बर १ मा नेकपा (एमाले) ले अग्रता लिएको छ ।

सो पार्टीका उम्मेदवार सरेश नेपालले तीन हजार ८५ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार माधव सापकोटाले दुई हजार नौ सय एक मतसहित पछ्याइ रहेका छन् ।

प्रदेशसभामा ‘१’ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मसिना खड्काको अग्रता रहेको छ । उनले दुई हजार एक सय ३९ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका युद्धविक्रम तामाङले एक हजार नौ सय २१ मत पाएका छन् । हालसम्म क्षेत्र नम्बर १ को भोटेकोसी गाउँपालिकाको गणना सकिएको छ ।

सिन्धुपाल्चोक २ मा कांग्रेसको अग्रता

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा कांग्रेसको अग्रता कायमै रहेको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार मोहन बस्नेतले अग्रता कायम गरेका छन् ।

जारी मतगणनामा बस्नेतले तनि हजार एक सय ७५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमालेका शेरबहादुर तामाङले एक हजार आठ सय ७५ मत प्राप्त गरेका छन्।

प्रदेशसमा ‘१’ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका युवराज दुलालको अग्रता रहेको छ । उनले तीन हजार ३५ मत पाएका छन भने एमालेका अमानसिं तामाङले एक हजार आठ सय ३३ मत पाएका छन् । हालसम्म क्षेत्र नम्बर २ को इन्द्रावती गाउँपालिकाको चार वटा वडा गणना सम्पन्न भएकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *