मतपेटिका प्रहरी चौकीमा छोडेर मतदान अधिकृत सुत्न गएपछि…

दैलेख । दैलेखको ठाँटीकाँध गाउँपालिकामा मतदान गराउन खटिएका एक मतदान अधिकृतले मतपेटिका प्रहरी चौकीमा राखेर आफू सुत्न गएको खुलेको छ ।

जिल्लाको ठाँटीकाँध गाउँपालिका वडा नम्बर २ पिपलचौतारास्थित जनता आधारभूत विद्यालय केन्द्रमा आइतबार भएको मतदानमा खटिएका मतदान अधिकृत ज्वालाप्रसाद खनालले मतपेटिका प्रहरी चौकीमा लगेर छाडेका हुन् ।

दैलेखका मुख्य निर्वाचन अधिकृत सरोजनिधि वाग्लेका अनुसार मतदान अधिकृत खनालले मतपेटिका प्रहरी चौकीमा छाडेर आफू सुत्न गएको घटनाबारे छानबिन भइरहेको बताएका छन्। लापर्बाही वा जानीजानी के भएको हो त्यसबारे बुझ्न बाँकी रहेको उनले बताए।

मतपेटिका प्रहरी चौकीमा छाडेको विषयलाई लिएर अहिले त्यहाँ विवाद सिर्जना भएको छ। निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत रहेको उक्त मतदान केन्द्रमा ७ सय मतदाता रहेकोमा ४ सय ५८ मत खसेको थियो। File Photo

Leave a Reply

Your email address will not be published. Required fields are marked *