ललितपुरका ३ वटै निर्वाचन क्षेत्रमा एमालेको सुरुवाती अग्रता

ललितपुर । ललितपुरको पछिल्लो मतगणना अनुसार जिल्लाका तीनवटै क्षेत्रमा नेकपा (एमाले)ले अग्रता लिएको छ । ललितपुर–१ मा एमालेका नवराज सिलवालले सुरुआती अग्रता लिएका छन् ।

नेपाली कांग्रेसका उदय शमशेर राणाले सिलवाललाई पछ्याइरहेका छन् । सिलवालले ६६५ मत पाउँदा कांग्रेसका राणाले ४०१ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरे ९३ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
उता, ललितपुर–२ मा नेकपा (एमाले)का प्रेमबहादुर महर्जनले १३१७ मत प्राप्त गरेका छन भने लौरो चिन्हले ८९७ र  कलमले ७७७ मत प्राप्त गरेका छन् ।

त्यस्तै,  लतिलपुर–३ मा अमृत खडकाले ४९७ र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा‌‌ तोसिमा कार्कीले २८६ मत प्राप्त गरेका छन् । यसअघि जितेकी माओवादी केन्द्रकी पम्फा भुषालले १०३ मत मात्रै प्राप्त गरेकी छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *