प्रज्जवल थापा ।
एबीडि भिल्लिलर्सको सानदार प्रदर्शनको मद्दतमा रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग(आईपिएल) मा पाँचौं जित निकालेको छ । सोमबार भएको खेलमा बैंगलोरले कलकता नाइट राइडर्सलाई ८२ रनले पराजित गरेको हो।
सरजाह क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गर्न उत्रिएको बैंगलोरले पूरा २० ओभर खेल्दै २ विकेट गुमाएर १९४ रन बनाएको थियो। बैंगलोरको लागि एबिडि भिल्लियर्सले बिस्पोटक ब्याटिङ गरे। खेलमा राम्रो सुरुवात गरेको बैंगलोरको लागि ओपनर देवदत्त पडिक्कलले २३ बलमा ४ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर आरोन फिंन्चले ४७ रन बनाए । उनले ३७ रनमा ४ चौका र १ छक्का प्रहार गरे। त्यसपछि ब्याटिङ गर्न आएका डि भिल्लियर्सले बिस्फोटक ब्याटिङ गर्दै ७३ रन बनाए । उनले ३३ बलमा ६ छक्का र ५ चौका प्रहार गरे। कप्तान विराट कोइली २८ बलमा ३३ रन जोड्दै नट आउट रहे ।
कलकताको लागि प्रसिद्ध कृष्णले ४ ओभर बलिङ गर्दै ४२ रन दिएर १ विकेट लिए। आन्द्रे रसेलले ४ ओभरमा ५१ रन दिएर १ विकेट लिए ।
१९५ रनको विजयी लक्ष्य पछ्याएको कलकताले २० ओभरमा ९ विकेट गुमाएर ११२ रन मात्र बनाउन सक्यो। कलकताको लागि ओपनर टोम बन्टन ८ रन बनाएर नवदिप सैनीको बलमा आउट भए। अर्का ओपनर शुभ्मन गिलले ३४ रन जोडे। उनले २५ बलमा ३ चौका र १ छक्का प्रहार गरे। नितेश राना ९ रनमा आउट हुँदा कप्तान दिनेश कार्तिकको खराब फर्म जारी रह्यो । उनी १ रन बनाएर चहालको बलमा आउट भए।
मोर्गान ८ रन बनाएर सुन्दरको बलमा उडानाबाट क्याच आउट भए । आन्द्रे रसेल १० बलमा १६ रन बनाएर आउट भए। उनले २ चौका र १ छक्का प्रहार गरे। राहुल त्रिपाठी १६ रन बनाएर सिराजको बलमा आउट भए। त्यसपछि ब्याटिङ गर्न आएका कुनैपनि ब्याट्सम्यानले दोहोरो अङ्क बनाउन सकेनन्।
बैंगलोरको लागि क्रिस मोरिसले ४ ओभर बलिङ गर्दै १७ रन दिएर २ विकेट लिए। वासिङ्टन सुन्दरले ४ ओभरमा २० रन दिएर २ विकेट लिदा नवदिप सैनी, मोहमद सिराज, युज्वेन्द्र चहाल, इर्सु उडानाले १-१ विकेट लिए। जितसँगै बैंगलोर १० अङकको साथ तेस्रो स्थानमा उक्लिएको छ।

