शेरबहादुर परियार
पोल्याण्ड । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको पछिल्लो विवादले पार्टी नै विघटनको संघारमा पुगेको भन्दै ३५ देशका भातृसंगठहरुले गल्ती र कमजोरीहरूलाई कमिटी प्रणाली मार्फत सच्याउन माग गरेका छन् ।
नेकपाको भातृसंगठन प्रवासी नेपाली एकता मञ्चका ३५ देशका अध्यक्ष र सचिवहरूले शनिबार साझा प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
विज्ञप्तिको पूर्ण पाठ
मितिः असार २०, २०७७
अहिले नेकपाभित्र देखिएको विवादका सन्दर्भमा संपूर्ण प्रवासी नेपाली एकता मंचहरूको तर्फबाट प्रेसित साझा प्रेस विज्ञप्ति
अध्यक्षद्वय तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यालय धुम्बाराही काठमाडौं नेपाल
मार्फत, नेकपा प्रवास समन्वय कमिटी, काठमाण्डौं ।
आदरणीय कमरेडहरू,
नेपाली जनताको संघर्ष, बलिदान र समयक्रममा गठन–पुनर्गठन झेल्दै नेपाल र जनताको सुन्दर र न्यायपूर्ण भविष्य निर्माणका लागि स्थापित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष नेतृत्वबीच देखिएको विवाद र तिक्तताको अवस्थाप्रति विश्वभरका प्रवासी नेपाली एकता मंचहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।
हाल उत्पन्न परिस्थितिलाई आपसी संवाद र छलफलबाट सुल्झाउनुको विकल्प छैन । पार्टीलाई विधी, विधान, पद्धती र प्रकृयाबाट अघि बढाउनु आवश्यक छ । कम्युनिस्ट आन्दोलनको मर्मलाई आत्मसात गर्दै कार्यकर्ता र नेपाली जनताको चाहनाबमोजिम अघि समस्याहरूलाई हल गर्नु आवश्यक छ ।
पार्टीका शीर्ष नेताहरुबीच पार्टी एकीकरणका बेला तथा त्यसपछि विभिन्न समयमा भएका सहमतिलाई आधार मानेर पार्टी एकतालाई थप मजÞबूत बनाउँदै सार्थक निष्कर्षमा पु¥याउनु अहिलेको आवश्यकता हो । यस बखत तीन करोड नेपाली जनताको भविष्य निर्माणको यात्रा तय गर्दै सिद्धान्त, राजनीति, संगठन र कार्यक्रम केन्द्रित छलफल गर्न आग्रह गर्दछौं । हामीले भुल्नुहुन्न–सरकार संचालनका लागि जनताले झन्डै दुई तिहाई जनमत दिएका छन् । र, सो जिम्मेवारीको जवाफदेहिता आम नेपाली जनताहरूले चाहेका पनि छन् ।
शीर्ष नेता तथा दोस्रो पुस्ताका पार्टी नेताहरुलाई यस बेला जिम्मेवार र संयमित भई नेकपाको एकता कामय राख्नेतर्फ आ–आफ्नो क्षेत्रबाट सकारात्मक सन्देश प्रवाह गर्न पनि हामी हार्दिक अपील गर्दछौं । पार्टी एकताको मर्म र भावनालाई आत्मसात् गर्दै नेतृत्वका कमरेडहरूबाट भए गरेका गल्ती कमजोरीहरूलाई कमिटी प्रणाली मार्फत सच्याउने प्रण गरी सबैले पार्टी निर्णयलाई पालना गर्नु जरुरी छ।
पार्टी एकताका बाँकी काम तत्काल टुंग्याई पार्टी र सरकार दुवैलाई प्रभावकारी ढंगले संचालन गर्नु पर्दछ । दुई ठुला कम्यूनिस्ट पार्टीबीचको ऐतिहासिक एकतालाई कायम राखी नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने काम पनि बाँकी छ । यस सन्दर्भमा नेपाल र नेपालीको सुन्दर भविष्यका लागि सबै नेताहरुले सुझबुझपूर्ण काम गर्न हामी विनम्र अनरोध गर्दछौं ।
पार्टी जीवनमा फेरि यस्ता अन्यौल र संकटको अवस्था आउन नदिन “ऐतिहासिक एकता महाधिवेशन “को तयारीमा जुट्नु आवश्यक पनि देखिएको छ । अब संपूर्ण पार्टी पंक्तीलाई परिचालित गरी युवा पुस्ताका नेताहरूलाई नेतृत्व हस्तान्तरणको प्रकृयासमेत अगाडि बढाउँदै बलियो पार्टी निर्माणको दिशामा एकवद्द भइ अघि बढ्न हार्दिक अनुरोध गर्दछौ ।
धन्यबाद सहित,
संपूर्ण प्रवासी नेपाली एकता मंचहरूको तर्फबाट
१. बेलायत
अध्यक्षः राजेन्द्र पुडासैनी, सचिवः सुरेश गौतम
२. अमेरिका
अध्यक्षः प्रभु थापा, सचिवः स् प्रकाश अधिकारी
३. बेल्जियम
अध्यक्षः जीत लामा, सचिवः वोधराज पौडेल
४. अस्ट्रेलिया
अध्यक्षः रमेश पाण्डे, सचिवः प्रवीण कंडेल
५. अष्ट्रिया
अध्यक्षः धर्मराज खतिवडा, सचिवः रविचन्द्र भट्टराई
६. मलेशिया
अध्यक्षः रमेशप्रसाद तिवारी, सचिवः दयाराम कुमाल
७. आयरल्याण्ड
अध्यक्षः सुकमान लामा, सचिवः चन्द्रकला निरौला
८. स्पेन
अध्यक्षः हेम शेर्पा, सचिवः अशोक किरण न्यौपाने
९. साउदी अवर
अध्यक्षः शिवराज जैसी, सचिवः राजु खनाल
१०. इटाली
अध्यक्षः धर्मराज पाण्डे, सचिवः हरीभक्त काराखेती
११. चेक
अध्यक्षः उत्तम आचार्य, सचिवः यदुराम पन्थी
१२. जर्मनी
अध्यक्षः चन्द्रकान्त आचार्य, सचिवः शम्भुप्रसाद पोखरेल
१३. पोर्चुगत
अध्यक्षः गोविन्द पौडेल, सचिवः डोलराज भण्डारी
१४.पोल्याण्ड
अध्यक्षः टंकबहादुर कटुवाल, सचिवः विनोदकुमार आचार्य
१५. फिनल्याण्ड
अध्यक्षः कोमल पौडेल, सचिवः मनोज भुषाल
१६. फ्रान्स
अध्यक्षः भक्त वाग्ले, सचिवः मनोज पौडेल
१७. रुस
अध्यक्षः डा. मनमूर्ति भुर्तेल, सचिवः इन्द्रप्रसाद भुषाल
१८. स्विट्जरल्याण्ड
अध्यक्षः अच्युतप्रसाद फूयाल, सचिवः विक्रम केसी
१९. साइप्रस
अध्यक्षः रमिला राई, सचिवः केशव ठकुरी
२०. नर्वे
अध्यक्षः विश्वास बजगाई, सचिवः सन्तोष भण्डारी
२१. बहराईन
अध्यक्षः शालिग्राम पन्त, सचिवः नारायण विक
२२. इजरायल
अध्यक्षः तिर्थ गौतम, सचिवःअनिरुद्र जोशी
२३. कतार
अध्यक्षः चानक पोखेरल, सचिवः मोहन कार्की
२४. दक्षिण कोरिया
अध्यक्षः परशुराम सापकोटा, सचिवः दिलिप धिताल
२५. क्यानडा
अध्यक्षः रमेश थापा, सचिवः अशोक खड्का
२६. डेनमार्क
अध्यक्षः उदयराज गौतम, सचिवः कृष्ण धानुक
२७. स्वीडेन
अध्यक्षः मदन ढकाल, सचिवः स् गंगाप्रसाद घिमिरे
२८. नेदरल्याण्ड्स
अध्यक्षः प्रेमकाजी गुरुङ, सचिवः थानेश्वर गौतम
२९. कुवेत
अध्यक्ः राजकुमार थापा, सचिवः मनु भुजेल मगर
३०. ओमान
अध्यक्षः उमेश विक, सचिवः महेशप्रसाद न्यौपाने
३१. न्यूजिल्याण्ड
अध्यक्षः आत्माराम खनाल
३२. मकाउ
अध्यक्षः शीव थापा, सचिवः मनोज धामी
३३. हङकंङ
अध्यक्षः जे.वि.ओख्राबु, सचिवः भक्त गुरुङ
३४. जापान
अध्यक्षः हवलचन्द्र लामा, सचिवः सालिकराम भण्डारी
३५. भारत
अध्यक्षः लोकनाथ भण्डारी, सचिवः ईश्वरी भण्डारी