मुम्बईको लगातार चौथो जित

प्रज्जवल थापा ।

इन्डियन प्रिमियर लिग(आईपिएल) मा मुम्बई इन्डियन्सले लगातार चौथो जित दर्ता गरेको छ । आइतबार भएको खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको हो।

सेख जायद रंगशालामा भएको खेलमा दिल्लीले टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको थियो । दिल्लीले पूरा २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १६२ रन बनायो । दिल्लीको लागि शिखर धवन र कप्तान श्रेयस आएरले राम्रो प्रदर्शन गरे । धवनले ५२ बलमा ६९ रन जोडे । उनले ६ चौका र १ छक्का प्रहार गरे। श्रेयसले ३३ बलमा ५ चौकाको मद्दतमा ४२ रन बनाए। ओपनर पृथ्व सह ४ रन बनाएर आउट हुँदा रहाणे १५, स्टोनिस १३ र पहिलो खेल खेलेका एलेक्स केरीले १४ रन बनाए ।

मुम्बईको लागि कुर्नाल पाण्डयले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिदा ट्रेन्ट बोल्टले ४ ओभरमा ३६ रन दिएर १ विकेट लिए ।
१६३ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९.४ ओभरमा ५ विकेट गुमाएर १६६ रन बनाएर भेट्टायो। मुम्बईको लागि सूर्यकुमार यादव र क्विन्टिन डिककले राम्रो ब्याटिङ गरे। ओपनर डि ककले ३६ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ५३ रन जोडे।

सुर्यकुमार यादवले ३२ बलमा ६ चौका र १ छक्काको मद्दतमा ५३ रन जोडे । यसअघि कप्तान रोहित शर्मा ५ रन जोड्दा अक्सर पटेलको बलमा आउट भए । इसान किसान १५ बलमा २८ रन जोडेर रबडाको बलमा आउट भए। उनले २ छक्का र २ चौका प्रहार गरे। हार्दिक पाण्डय सुन्यमा आउट हुदा पोलार्ड ११ र कुर्नाल पाण्डय १२ रनमा नट आउट रहे।

दिल्लीको लागि कगिसो रबडाले ४ ओभरमा २८ रन दिएर २ विकेट लिए । अक्सर पटेलले ३ ओभरमा २४ रन दिएर १ विकेट लिए। आश्विन र स्टोनिसको नाममापनि १-१ विकेट रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *