लिभरपुलद्वारा टोटनहम पराजीत

काठमाडौं । टोटनहममाथि २-१ को जितसहित लिभरपुलले इङलिस प्रिमियर लिगको शीर्ष चारको आठौं स्थानमा उक्लिएको छ ।

जारी सिजन लिगमा खराब प्रदर्शन गरेको लिभरपुल आइतबार भने उत्कृष्ट लयमा देखियो । ११औं मिनेटमा मोहम्मद सलाहको गोलमा लिभरपुलले अग्रता लिएको थियो । ४०औं मिनेटमा सलाहले लिभरपुलको अग्रता दोब्बर पारेका थिए ।

७०औं मिनेटमा कप्तान ह्यारी केनको गोलमा टोटनहमले खेलमा फर्कने संकेत गरे पनि त्यो पर्याप्त भएन । लिभरपुल १३ खेलमा १९ अंकसहित आठौं स्थानमा छ । जुन चौथो स्थानको टोटनहमभन्दा ७ अंक कम हो ।

आइतबार नै सम्पन्न प्रिमियर लिगको अर्को खेलमा एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडमाथि ३-१ को सहज जित निकालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *