यसवर्षको दशैँमा नयाँ नोट नसाटिने

काठमाडौं । यसवर्षको दशैँमा नयाँ नोट वितरण नहुने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सूचना जारी गरी कोरोना भाइरसको महामारीका कारण यसवर्ष चाडबाडमा नयाँ नोट वितरण नहुने जनाएको हो ।

नयाँ नोट सटहीका क्रममा भिडभाड हुन सक्ने र कोरोना सङ्क्रमणको जोखिम रहेकाले नोट वितरण नगर्ने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *