दोलखामा नयाँ अनुहार र युवा-युवावीचमै प्रतिस्पर्धा

दोलखा । यही मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा दोलखामा नयाँनयाँ अनुहार र युवायुवावीचमै प्रतिस्पर्धा हुने भएको छ।

प्रतिनिधिसभातर्फ सबै उम्मेदवार नयाँ छन् भने प्रदेशसभातर्फ एकआधबाहेक सबै नयाँ छन्। प्रतिनिधि सभाका २१ उम्मेदवारमध्ये २ जनाबाहेक बाँकी सबै ५०-५२ वर्षका मात्रै छन।

प्रदेशसभातर्फ पनि एकआधबाहेक सबै नयाँ र युवा छन्। प्रतिनिधिसभामा दोलखामा मुख्य प्रतिस्पर्धा नेकपा (माओवादी)का गंगा कार्की र नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीबीच हुने भएको छ। कार्कीको उमेर ५७ र शिवाकोटीको ५३ छ।

संयोग पनि परेको छ, दोलखामा माओवादी र नेकपा (एमाले) बाहेक अन्य पार्टीका र स्वतन्त्र उम्मेदवारहरूको पनि उमेर ५० भन्दा माथि कटेको छैन। उम्मेदवार नयाँ र युवा भएकोलेले प्रमुख पार्टीहरूलाई भोट माग्न सजिलो भएको छ। ‘हामीले नयाँ र युवालाई प्राथमिकता दिएका छौं,’ भन्दै दलहरूले भोट माग्ने गरेका छन्। यता स्वतन्त्र उम्मेदवारहरूले दलहरूप्रति निरास भएको भोटलाई आफूतिर आकर्षित गर्ने गरेका छन्। प्रतिनिधिसभामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा सत्तारुढ गठबन्धनतर्फ माओवादीका नेता कार्कीले उम्मेदवारी दिएका छन्।

उनको प्रतिस्पर्धा शिवाकाटीसँगै हुनेछ। यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सहायक महामन्त्री विजय खड्का, हाम्रो नेपाल पार्टीबाट विश्वनीति प्रकाशमान सिंह प्राखिन, नागरिक उन्मुक्ति पाटीबाट शुक्र तामाङ, लोकतान्त्रिक समाजवादी पार्टीबाट गोपाल नेपाली, नेपाल मजदुर किसान पार्टीबाट गोपाल शिवाकाटी, जनता समाजवादी पार्टीबाट दावा शेर्पा, नेकपा (माले)बाट खिमबहादुर शिवाकोटीलगायतले उम्मेदवारी दिएका छन्। यीमध्ये नेपाली सबैभन्दा कान्छा हुन्। उनको उमेर २७ मात्र भएको छ। यसैगरी शिवाकोटी ३२ र तामाङ ४१ वर्षका भएका छन्। यसैगरी स्वतन्त्रबाट उम्मेदवारी दिएका जीवनाथ शिवाकोटी ३४ वर्षका मात्र छन्। अर्का स्वतन्त्र उम्मेदवार बद्री दाहाल ३९ वर्षका छन्।

‘नेकपा (एमाले)ले योपटक दोलखामा युवा र नयाँ अनुहारलाई प्राथमिकता दिएको आजको नागरिक दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *