प्रज्जवल थापा ।
युइएफए नेसन्स लिगमा जर्मनीले युक्रेनलाई पराजित गर्दै लिगमा पहिलो जित निकलेको छ । शनिबार राति भएको खेलमा जर्मनीले युक्रेनलाई २ -१ गोल अन्तरले पराजित गरेको हो ।
युक्रेनको घरेलु मैदानमा भएको खेलमा जर्मनीलाई जित दिलाउन म्याथिएस जिन्टर र लियोन गोरेट्जकाले गोल गर्दा युक्रेनका रुस्लान मालिनोभ्स्कीले गरेको गोल सान्त्वनामा सीमित भयो ।
जर्मनीलाई खेलको २०औं मिनेटमा एन्टेनियो रुडिगरको पासमा डिफेन्डर म्याथिएस जिन्टरको गोल गर्दै खेलमा अग्रता दिलाएका थिए । ४९औं मिनेटमा लियोन गोरेट्जकाले गोलरक्षक बुस्चनको गल्तीमा गोल गर्दै जर्मनीलाई खेलमा २-० गोलको अग्रता दिलाएका थिए।
७६औं मिनेटमा निकलस सुलले पेनाल्टी बक्समा रोमन यारेमचुकलाई फल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै मालिनोभ्स्कीले युक्रेनलाई २- १ को स्थितिमा ल्याएका थिए। थप समयमा दुबै टोलीबाट गोल हुन नसकेपछि जर्मनी विजयी भएको हो ।
