एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेकपा (एमाले)ले आशन्न निर्वाचनको चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आज दिउँसो साढे १ बजे घोषणा पत्र सार्वजनिक हुने जानकारी दिए । एमालले दरबारमार्गस्थित होटल याकएण्ड यतिमा घोषणापत्र सार्वजनिक गर्दैछ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा लगायतका राजनीतिक दलले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *