पटका पड्काए ३ वर्ष जेल र ३० हजार जरिवाना 

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले पटका नपड्काउन आग्रह गर्दै पड्काएको पाइए कारबाही गर्ने चेतावनी दिएको छ ।

तिहारमा पटका नपड्काउन प्रहरीले आग्रह गरेको छ । पटका पड्काउँदा र झिरझिरे बाल्दा आगलागीको जोखिम हुने भन्दै पटका पड्काए कारबाही गर्ने चेतावनी दिएको हो ।

‘आतिसबाजी ९पटका,झिरझिरे पड्काउने० नगरौँ,’ काठमाडौँ जिल्ला प्रहरी परिसरले सूचनामा भनेको छ, ‘पड्काएको पाइए मुलुकी अपराध संहिता २०७४ को विष्फोटक पदार्थसम्बन्धी कसूरमा ३ वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुनेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *