प्रज्जवल थापा ।
इन्डियन प्रिमियर लिग(आईपिएल) मा दिल्लीले लगातार तेस्रो जित निकालेको छ। शुक्रबार भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ४६ रनले हराउँदै शीर्ष स्थानमा उल्लिएको हो ।
सरजाह क्रिकेट मैदानमा भएको खेलमा राजस्थान रोयल्सले टस जितेर दिल्लीलाई ब्याटिङको निम्तो दिएको थियो। दिल्लीले पूरा २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १८४ रन बनायो । उसको लागि हेटमायरले सर्वाधिक ४५ रन जोडे । उनले २४ बलमा ५ छक्का १ चौका प्रहार गरे ।
ओपनर पृथ्व सहले १९ रन जोड्दा आर्का ओपनर शिखर धवन ५ रन जोडेर आउट भए। कप्तान श्रेयस आयर १८ बलमा ४ चौकाको मद्दतमा २२ रन जोडेर रन आउट भए। यस्तै रिशव पन्तले ५ रन जोडे। मार्कुस स्टोनिस ३० बलमा ४ चौकाको मद्दतमा ३९ रम बनाएर आउट हुदा हर्सल पटेलले १६, अक्सरले १७ र रबडाले २ रन जोडे।
राजस्थानको लागि जोफ्रा आर्चरले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए। कार्तिक ट्यागीले ४ ओभरमा ३५ रन दिएर १ विकेट लिदा एन्ड्रयु टाइ र राहुल टेवाटियाको नाममा पनि १-१ विकेट रह्यो।
१८५ रनको विजयी लक्ष्य पछ्याएको राजस्थान १९.४ ओभरमा अलआउट हुँदा १३८ रन मात्र जोड्न सक्यो। राजस्थानको लागि यसश्वी जैसवाल र राहुल टेवाटियाले बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्। ओपनर जैसवाल ३६ बलमा २ छक्का र १ चौकाको मद्दतमा ३४ रन जोडेर आउट भए। यस्तै राहुलले २९ रनमा ३ चौका र २ छक्काको मद्दतमा ३८ रन जोडे। जोस बट्लरले १३, स्टिभ स्मिथले १२ रनको योगदान गर्दा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन्।
दिल्लीको लागि कगिसो रबडाले ३.४ ओभर बलिङ गर्दै ३५ रन दिएर ३ विकेट लिए। रविचन्द्रन अश्विनले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए। मार्कुस स्टोनिसले २ ओभरमा १७ रन दिएर २ विकेट लिदा अनृच नोर्तिजे, हर्सल पटेल र अक्सर पटेलको नाममा १- १ विकेट रह्यो।
