महिला फूटबलमा एपीएफको ह्याट्रिक

वालिङ । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फूटबलतर्फ विभागीय टोली नेपाल एपीएफ क्लब च्याम्पियन बनेको छ । बिहीबार दिउँसो भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई २-१  गोलले पराजीत गर्दै एपीएफले लगातार तेस्रो पटक महिला फूटबलमा स्वर्ण पदक जितेको हो ।

स्याङ्जाको वालिङमा भएको प्रतियोगिताको फाइनल खेलमा एपीएफलाई जीत दिलाउन सावित्रा भण्डारीले दुई गोल गरिन् । पुलिसको लागि निरु थापाले एक गोल फर्काएपनि टोलीको हार टार्न पर्याप्त रहेन । हारसँगै पुलिसले रजत पदकमा चित्त बुझायो ।

यसअघिको सातौँ र आठौँ राष्ट्रिय खेलकुदमापनि एपीएफले महिला फूटबलको उपाधि जितेको थियो । यससँगै एपीएफले उपाधिमा ह्याट्रिक गरेको छ ।

बिहीबार भएको अर्को खेलमा प्रदेश १ लाई ७-० गोलले पराजीत गर्दै विभागीय टोली त्रिभुवन आर्मी फूटबल क्लबले कास्य पदक हात पार्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *