पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली नेपाल एपीएफ क्लबले स्वर्ण पदक जितेको छ । बिहीबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुट आउटमा हराउँदै ६–५ ले हराउँदै एपीएफले स्वर्ण पदक जितेको हो ।
पोखरा रंगशालामा निर्धारित र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो । पेनाल्टीमा आर्मीका सेसेहाङ आङदेम्बे र सुमन अर्याल चुकेपछि एपीएफ च्याम्पियन बनेको हो ।
पेनाल्टीमा एपीएफका नवीन लामा, आवास लामिछाने, सुदिप शिख्राकार, राजु योगी, दिपेश धिमाल र मणिकुमार लामाले गोल गर्दा सनिस श्रेष्ठ गोल गर्न असफल भए । आर्मीको लागि नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, विवेक बस्नेत र विकास खवासले गोल गरे ।