वीरगन्ज । नेपाल–भारतको मुख्य नाका बन्द छ । अवैध लागु औषध कारोबारीका लागि सिमा क्षेत्र खुल्ला जस्तै छ । खुल्ला सीमानाको फाइदा उठाउँदै अवैध लागू औषध कारोवार गर्नेहरु अहिले पनि सक्रिय छन् । ठूलो परिणामको लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पर्सा प्रहरी र मातहतको टोलीले दुई दिनमा विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । अलग अलग ठाउँबाट सामान सहित पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अवैध लागु औषध ८ केजी अफिम, १ सय ३१ केजी गाँजा र ४६ थान तयारी अवस्थाको कोरेक्स सहित उनीहरुलाई जिल्लाको विभिन्न ठाउँबाट नियन्त्रणमा लिन सफल भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक मनोजित कुँवरले बताए ।
