सावित्राको ६ गोलमा एपीएफको फराकिलो जीत

स्याङ्जा । फरवार्ड सावित्रा भण्डारीले ६ गोल गरेपछि नेपाल एपीएफ क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत जारी महिला फूटबल प्रतियोगितामा फराकिलो जीत निकालेको छ ।

शुक्रबार बिहान भएको खेलमा खेलमा प्रदेश १ लाई ७-१ गोलले पराजीत गर्दै एपीएफले प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

स्याङ्जाको वालिङमा भएको खेलमा एपीएफको जीतमा सावित्राले ६ गोल गर्दा अनिता केसीले एक गोल थपिन् ।

यस्तै आजै भएको समूहको अर्को खेल गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३-० गोलले पराजीत गरेको हो । गण्डकीलाई जीत दिलाउन उदय थापाले दुई र शान्ती नेपालीले एक गोल गरिन् ।

जीतसँगै समूह ‘सी’मा रहेका एपीएफ र गण्डकी प्रदेशले ३/३ अङ्क जोडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *