स्याङजा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भएको महिला फूटबलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फूटबल क्लब विजयी भएका छन् । बिहीबार स्याङजाको वालिङमा भएको खेलमा आर्मीले मधेश प्रदेशलाई ६-० गोलले पराजीत गरेको हो ।
आर्मीलाई जीत दिलाउन इन्दिरा राईले दुई गोल गर्दा चन्द्रा भण्डारी, कुसुम खतिवडा, अमिसा कार्की र हिमा चौधरीले समान एक-एक गोल गरिन् ।
आजै भएको उद्धाटन खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई ५-० गोलले पराजीत गरेको थियो । पुलिसको जीतमा रेखा पौडेलले ह्याट्रिक पुरा गर्दा निरु थापाले दुई गोल गरिन् ।