महिला भलिबल : गण्डकीको विजयी सुरुवात

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले विजयी शुरुवात गरेको छ । बिहीबार भएको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै गण्डकीले विजयी शुरुवात गरेको हो ।

म्याग्दीको सदरमुकाम बेनीमा भएको खेलको पहिलो सेटमा २५–१८ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेटमा हाबी हुँदै २५–८ ले जितेको थियो । यस्तै तेस्रो सेटमा २८–२२ को नजिता निकाल्दै गण्डकी विजयी भएको हो ।

जीतसँगै गण्डकी समूह ‘डी’ बाट समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । पराजीत सुदूरपश्चिम पनि समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ । यो समूहमा दुई टोली मात्रै रहेकाले दुवै टोली अघिल्लो चरणमा पुगेका हुन् ।

तस्बिर – गोरखापत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *