पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको महिला क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल एपीएफ क्लब र सुदूरपश्चिमले विजयी भएका छन् ।
मंगलवार भएको पहिलो खेलमा एपिएफले बागमती प्रदेशलाई ४ विकेटले पराजित गरेको हो । बागमतीले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले १९ ओभर १ बलमा ६ विकेट गुमाउँदै जीत निकालेको हो । त्यसअघि पहिले ब्याटिङ गरेको बागमतीले २० ओभरमा ७ विकेट गुमाएर ८९ रन बनाएको थियो ।
आज नै भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ६ विकेट पराजित गरेको हो । गण्डकीले दिएको ६० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १० ओभर २ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले २० ओभरमा ५ विकेट गुमाएर ५९ रन बनाएको थियो ।