दशैँ नजिकिएसँगै दशैं गीतहरु धमाधम बजारमा आउने क्रम सुरु भएको छ । यसैक्रममा राजु महोत्राको नेपालीहरुको सामाजिक यथार्थ र सत्यताको कथा ब्यथा बोकेको ‘काठको बाकस’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
शान्तिश्री परियार र गायक अनिश खड्काको आवाजमा उक्त गीत सजिएको छ भने गीतमा सर्जक राजु महोत्राको उत्कृष्ट शब्द सृर्जना एवम् आदेश थापा र अनिश खड्काको लय रचना रहेको छ ।
परदेशीको पीडा समेटेर तयार गरिएको गीत शान्तिश्री परियारले निकै मेहनत गरेर गाएकी छन् । गीतको म्यूजिक भिडियो चर्चित मोडल एवम् निर्देशक राजु महोत्राको निर्देशन रहेको छन् भने राजु महोत्रा, आयुष्मा कार्की , रवी अधिकारी, प्रकाश खरेल, रक क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ । छायांकन र सम्पादन अनिश खड्काको रहेको छ ।
