भूकम्पले क्षति पुर्‍याएको मनकामना मन्दिर परिसरको सत्तल पुनःनिर्माण गरिँदै

काठमाडौं । गोरखा भूकम्पले क्षति पुर्‍याएको गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिसरमा रहेको सत्तल पुनःनिर्माण सुरु भएको छ। मनकामना मन्दिरका मूलपुजारी इन्सान थापामगर र मन्दिरका गुिठयार थकाली भीमबहादुर श्रेष्ठले संयुक्तरूपमा सोमबार सत्तलको शिलान्यास गरेका छन्।

मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले सत्तल निर्माण गर्न करिब ९० लाख लाग्ने जानकारी दिए। उनले भने, ‘अब दशैँलगत्तै पुनःनिर्माण सुरु हुन्छ, फिनिसिङ गर्दा थप लागत बढ्न सक्छ। करिब सात महिनाभित्रमा सत्तल निर्माण सम्पन्न हुन्छ।’

उक्त सत्तलमा तत्कालीन समयमा मन्दिरमा आउने भक्तजनले बत्ती बाल्ने गर्दथे। हाल रहेको सत्तलको तेस्रो तलामा परेवा घर र मनकामना क्षेत्र विकास समितिको कार्यालय सञ्चालन हुँदै आएको छ। नयाँ निर्माण सम्पन्न भएपछि समेत सोही सत्तलमा समितिको कार्यालय सञ्चालन गरिने उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *