कांग्रेस संसदीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय समितिको बैठक बस्दै छ। बैठक अहिले बिहान ९ : ३० बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो।

आजको बैठकमा समानुपातिक तर्फका उम्मेदवारहरुको बन्द सूची तय गर्ने बताइएको छ। उम्मेदवारहरुको बन्द सूची तय गर्न आठ सहमहामन्त्रीलाई जिम्मेवारी दिएको छ।

सहमहामन्त्रीहरुले तयार गरेको सूचीमा थप छलफल गरी उम्मेदवार टुंगो लगाइने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *