नवौं राष्ट्रिय खेलकुद : क्रिकेटको उपाधिको लागि आर्मी र पुलिस भिड्ने

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत जारी पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।

बिहीबार भएको दोश्रो सेमिफाइनलमा पुलिसले एनआरएनए एकेडेमीलाई १३ रनले पराजित गर्दै फाइनलमा आर्मीसँग भेट पक्का गरेको हो ।  बिहीबारनै हुने भनिएको आर्मी र सुदूरपश्चिम बीचको पहिलो सेमिफाइनल खेल मैदानमा पानी जमेकाले हुन नसकेपछि आर्मी समूह ‘ए’ मा विजेता बनेको आधारमा फाइनलमा पुगेको थियो ।

अब फाइनल खेल शुक्रबार दिउँसो हुने तालिका रहेको छ । यस्तै तेस्रो स्थानको लागि सुदूरपश्चिम र एनआरएनबीच हुने खेलपनि शुक्रबार बिहान हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *