हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीन वैज्ञानिकले यो वर्ष चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार पाएका छन् । उनीहरू ब्रिटिश वैज्ञानिक माइकल हटन तथा दुई अमेरिकी अनुसन्धानकर्ता हार्भी अल्टर र चाल्र्स राइस हुन् ।
नोबेल पुरस्कार समितिले उक्त आविष्कारले लाखौँ मानिसको ज्यान जोगाउन सघाएको बताएको छ । उक्त भाइरसले कलेजो क्यान्सर गराउँछ र यो नै कलेजो प्रत्यारोपण गर्नुपर्ने एउटा प्रमुख कारण हो । यो भाइरसले अहिले पनि विश्वभरि सात करोड मानिस सङ्क्रमित छन् ।
नोबेल समितिले उक्त अनुसन्धानका कारण भाइरसलाई पहिचान गर्न अनि अलग्ग्याउन सकिएकाले ती वैज्ञानिकहरूले दशौँ लाख मानिसको ज्यान जोगाएको उल्लेख गरेको छ ।
त्यसरी भाइरसलाई अलग्ग्याउन सकिएपछि विश्वभरि सङ्कलित रगतको परीक्षण गरेर हेपाटाइटीस सी को सम्भावित सङ्क्रमण रोक्न सम्भव भएको उसको भनाइ छ ।