काठमाडौं सडकभरि खाल्टाखुल्टी, यो अवस्था कहिलेसम्म भोग्ने ?

काठमाडौं। काठमाडौं उपत्यका सडकको खाल्टाखुल्टीले गर्दा दुर्घटना हुने गरेको छ दैनिक घण्टा ट्राफिस जाम हुने गरेको छ । तथापि न त सडक विभागको ध्यान गएको न त काठमाडौं महानगरपालिकाले नै यसमा चासो व्यक्त गरेको छ ।

भित्री सडक अवस्था त नाजुक नै छ । मुख्य सडक पनि खाल्टाखुल्टीका कारण धराप बन्दै गएका छन् । काठमाडौंको चक्रपथ, चक्रपथदेखि भित्र छिर्ने सडक, नदी कोरिडोरका सडकका साथै भित्री सडकमा समेत बर्षाका कारण खाल्टाखुल्टी बढेर गएको छ ।

गुणस्तरहीन सडक निर्माण र समयमा मर्मतसम्भार नहुँदा काठमाडौंका सडकभरि खाल्टाखुल्टी र भ्वाङ परेको छ । हरेक वर्ष वर्षाको पानी पर्ना साथ सडकमा खाल्टाखुल्टी हुने गरे पनि यसमा सम्बन्धित निकायले चासो नदेखाउने गरेको भन्दै बानेश्वर निवासी गोपाल शर्माले दुःखेसो पोखे ।

समयमा खाल्टाखुल्टी नपुर्दा स्थानीय र सडक यात्रुले सास्ती भोग्नुपरेको छ । कतिपय दुर्घटनाको सिकारसमेत बन्ने गरेका छन् । सडकको अवस्था सुधार गर्ने विषयमा भने कसैको पनि चासो देखिँदैन । यातायातको साधानमा वृद्धि भएको भयै छ तर सडकको अवस्था भने झन् नाजुक बन्दै गएको छ । स्थानीय सरकारको मातहतमा रहेको खडकको अवस्था झन् डरलाग्दो छ ।

‘संघीय राजधानीभित्र नै बाटो हिलाम्मे छ । व्यवस्थित ढल निकास नहुँदा ढल फुटेको फोहोर बगेको छ । महिनौंसम्म पनि त्यो ढलको व्यवस्थापन गरिँदैन । यो अवस्था कहिलेसम्म भोग्ने ?’ चाबहिलकी एक महिना गुनासो गर्दै थिइन् ।

विज्ञका अनुसार गुणस्तरहीन सडक निर्माणका कारणले नै गर्दा वर्षाको पानीले पनि सडक भत्काउने तथा खाल्टा बनाउने गरेको छ । विभिन्न प्रयोजनका लागि सडक खन्ने तर पुनः पिच नगर्ने क्रम बढेर जाँदा पनि काठमाडौंका सडकमा खाल्टाखुल्टी बढेको पाइन्छ ।

काठमाडौं महानगरपालिकाले ‘इन्फास्ट्रक्चर एम्बुलेन्स’को व्यवस्था गरेर काठमाडौंको खाल्टाखुल्टी पुर्ने तथा ढल व्यवस्थाको काम गर्ने भनेको भए पनि त्यो प्रभावकारी देखिँदैन ।

महानगरले ‘इन्फास्ट्रक्चर एम्बुलेन्स’मार्फत रोडा माटो हालेर खाल्टाखुल्टी पुरे पनि वर्षाले बगाएर अर्को दिन जस्ताको त्यस्तै हुने गरेको छ । खाल्टोमा माटो हाल्दा झन् सडक हिलाम्मे हुने र घाम लाग्दा धुलाम्मे हुने गरेको आजको राजधानी दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *