प्रेमगीत-३ को ‘हर युग होस्’

काठमाडौं । प्रेमगीत-३ को शीर्ष गीत ‘हर युग होस्’ सार्वजनिक भएको छ । प्रताप दास र प्रविशा अधिकारीको स्वरमा रहेको गीतमा एलिश कार्कीको संगीत रहेको छ । गीतमा प्रदीप खड्का र क्रिस्टिना गुरुङ फिचर्ड रहेका छन् । फिल्म आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ रिलिज हुनेछ ।

आशुषेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका हुन् ।

प्रदीप र क्रिस्टिनाका अलावा, शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी, समृद्धि शाही ठकुरी, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापालगायतको अभिनय रहेको छ । फिल्मलाई राजेश श्रेष्ठ र पुरुषोत्तम प्रधानले मिलेर खिचेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *