लिभरपुलको लज्जास्पद हार, एस्टन भिल्लाको ७ गोल

प्रज्जवल थापा

काठमाडौँ । इङलिस प्रिमियर लिगमा लिभरपुलले लज्जास्पद हार बेहोरेको छ। आइतबार राती भएको खेलमा एस्टन भिल्लाले लिभरपुललाई ७-१ गोलले हराएको हो।

भिल्ला पार्कमा भएको खेलमा अस्टन भिल्लालाई जित दिलाउन ओली वाटकिन्सले ह्याट्रिक पुरा गर्दा ज्याक ग्रेयलिसले दुई तथा जोन म्याकजिन र रस बार्कलेले समान एक-एक गोल गरे। लिभरपुलका मोहम्मद सलाहले दुई गोल गरेको गोल सान्त्वनामा सिमित भयो। खेलको चौथो मिनेटमा भिल्लाले ज्याक ग्रेयलिसको पासमा ओली वाटकिन्सको गोलबाट अग्रता लिएको थियो।
२२औं मिनेटमा ज्याक ग्रेयलिसकै पासमा वाटकिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै भिल्लालाई २–० ले अघि बढाएका थिए। ३३औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई २–१ को अवस्थामा ल्याएका थिए।

३५औं मिनेटमा जोन म्याकजिनले गाल गर्द भिल्लाले ३–१ को अग्रता दिलाएका थिए। त्यसपछि भने एस्टन भिल्लाले खेलमा फर्केर हेर्नू परेन। ३९औं मिनेटमा पासमा ट्रेजेगुइटको वाटकिन्सले ह्याट्रिक पुरा गरेपछि भिल्लाले पहिलो हाफमै ४–१ को अगाडी बढेको थियो। ५५औं मिनेटमा रस बार्कलेले ग्रेयलिसको पासमा गोल गरे। ६०औं मिनेटमा सलाहले रोबर्ट फर्मिन्होको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई खेलमा फर्काउने प्रयास गरेका थिए।

तर ६६औं मिनेटमा ज्याक ग्रेयलिसले गोल गरेपछि लिभरपुल खेलमा ६–२ ले पछाडी परेको थियो। ७५औं मिनेटमा म्याकजिनको पासमा ज्याक ग्रेयलिसले व्यक्तिगत दोस्रो गोल गरेपछि एस्टन भिल्ला ७-२ गोलले अगाडी बढेको थियो। थप समयमा दुवै टोलिलाई बाट गोल हुन नसकेपछि लिभरपुल लज्जास्पद हार बेहोर्न बाध्य भयो। जितसँगै लिगमा अपराजित रहेको एस्टन भिल्ला ३ खेलमा सतप्रतिशत जित निकाल्दै ९ अङ्कको साथ दोस्रो स्थानमा उक्लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *