रियल म्याड्रिड लगातार तेस्रो जित निकाल्दै शीर्षस्थानमा

प्रज्जवल थापा

स्पेनिस लिग ला लिगामा रियल म्याड्रिडले लगातार तेस्रो जित दर्ता गरेको छ । आइतबार भएको खेलमा रियल म्याड्रिडले लेभान्टेलाई २–० गोल अन्तरले हराउँदै लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

लेभान्टेको घरेलु मैदानमा भएको खेलमा रियल म्याड्रिडलाई जित दिलाउन भिनिसियस जुनियर र करिम बेन्जिमाले गोल गरे । खेलको १६ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियल म्याड्रिडलाई खेलमा अग्रता दिलाएका थिए । खेलमा दुवै टोलीले गतिलो अवसर पाए पनि गोलम परिणत गर्न सकेनन् ।
५२ औँ मिनेटमा भिनिले गोलकिप्परलाई चिप गर्दै हानेको बल पोस्ट नजिकैबाट बाहिरियो । ५४ औँ मिनेटमा बेन्जिमाको पासमा भिनिसियसले पोस्टअगाडिबाट ट्याप इन गर्ने मौका चुकाए । उनले हानेको बल पोस्ट नजिकैबाट बाहिरियो । ७७ औँ मिनेटमा लेभान्टेका क्लर्कले हानेको बल कर्टियसले बचाउ गरे । ७९ औँ मिनेटमा बर्धिले हानेको बल कर्टियस बाधक बने । खेलको अन्तिम समयमा करिम बेन्जिमाले रोड्रिगोको पासमा गोल गर्दै म्याड्रिडको जित सुनिश्चित गरेका थिए ।

जितसँगै रियल म्याड्रिड ४ खेलमा तीन जित र १ बराबरीको साथ १० अङ्क जोड्दै शीर्ष स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *