सोमबार देशभरका हल बन्द गर्ने संघको निर्णय

काठमाडौं । नेपाल चलचित्र संघले सोमबार देशभरका सबै हल बन्द गर्ने निर्णय गरेको छ। बिहीबार बसेको संघको बैठकले सोमबर सबै हल बन्द गर्ने निर्णय गरेको हो ।

नेपाल चलचित्र निर्माता संघले केही दिनअगाडि शुक्रबार मात्र फिल्म प्रदर्शन गर्न पाउने निर्णय गरेपछि त्यसैको विरोधस्वरुप चलचित्र संघले सोमाबर हल बन्द गर्ने निर्णय गरेको महासचिव नरेन्द्र महर्जनले बताए ।

चलचित्र संघले बिहीबार विज्ञप्ति जारी गरी फिल्म सेन्सर गर्दा अनावश्यक दुःख दिएको भन्दै अग्रिम बुकिङ नखोलिएको पनि जनाएको छ।

विज्ञप्तिमा भनिएको छ,‘कोरोनाबाट आक्रान्त नेपाली चलचित्रलाई सरकारले संरक्षण गर्नुको साटो झन धरासायी बनाउने उद्देश्यले चलचित्र आयातमा बाधा पुरयाइएको छ । स्वतन्त्र व्यवसायमाथि नियन्त्रण गर्न खोजिएको छ। चलचित्र जाँच पास गर्दा आनावश्यक दुःख दिने कार्य भएकाले सो विरोध स्वरुप शोको अग्रीम बुकिङ नखोलेका हौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *