बिशेष सुरक्षासहित निलम्बित प्रधानन्यायाधीश जबरा सिंहदरवारमा

काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आफूविरुद्ध लागेको महाअभियोगबारे बयान दिन सिंहदरबारस्थित संसदीय समितिमा पुगेका छन् ।

जबरासँग महाअभियोग सिफारिस समितिले आज बयान लिंदैछ । पुरानो प्रतिनिधि सभाको मूल गेट हुँदै छिर्नुभएका उहाँलाई संसद् सचिवालयका मर्यादापालकहरुले विशेष सुरक्षा दिँदै बयान स्थानमा लगेका थिए ।

गत फागुन १ गते सत्ता गठबन्धन दलका सांसदहरूले प्रधानन्यायाधीश जबरामाथि महाअभियोग दर्ता गराएपछि उनी स्वतः निलम्बनमा परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *