भारतको अग्निपथ योजनाबारे छलफल गर्न संसदीय समिति बैठक बस्दै

काठमाडौं । भारतीय सेनामा गोर्खा सैनिकको भर्ती बारे छलफल गर्न प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्दैछ।

समितिले छलफलका लागि परराष्ट्रमन्त्री नारायण खड्कालाई बोलाएको छ। बैठक दिउँसो ३ बजे समितिको सभा कक्षमा बस्नेछ।

यसअघि पनि बोलाइएको बैठकमा कोरम नपुगेपछि स्थगित भएको थियो। २५ सदस्यीय समितिको बैठक बस्नका लागि १३ जना सदस्य उपस्थित हुनु पर्नेमा जम्मा ७ जना मात्र उपस्थित भएपछि बैठक स्थगित भएको थियो। उक्त बैठकमा कोरम नपुग्नुका साथै मन्त्री खड्का पनि उपस्थित भएका थिएनन्।

भारतले सैन्यभर्तीका लागि ल्याएको अग्निपथ योजनाबारे छलफल गर्न बैठक डाकिएको हो। भारतले गोर्खा सैनिकलाई पनि अग्निपथ अनुसार नै भर्ना हुन भनिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *