शिव परियारको ‘फूलै फूल दिन्छौ की’

काठमाडौँ । गायक शिव परियारको स्वरमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ’फूलै फूल दिन्छौ की’ बोलको गीत रिमेक भर्सनमा संगीत आशिष अविरलको रहेको छ।

आनन्द अधिकारीको शब्द रचना रहेको गीत टिकटकमा अत्यधिक हिट भएको छ। बिबेक रसाइलीको निर्देशनमा बनेको भिडियो उत्कृस्ट बनेको छ।

सौरभ लामिछानेले खिचेको भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठ फिचर्ड छन् । राग स्टुडियोको प्रस्तुतिमा बनेको भिडियोको सम्पादन भुपेन्द्र अधिकारीले गरेका छन्। भिडियो आशिष अविरलको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *