च्याम्पियन्स लिग ड्र सार्वजनिक, रोनाल्डो र मेस्सी भिड्दै

प्रज्जवल थापा ।

युरोपियन फुटबल महासंघ (युइएफए) ले च्याम्पियन्स लिगको सुमूह चरणको ड्र सार्वजनिक गरेको छ । बिहीबार स्विजरल्याण्डमा सम्पन्न ड्रमा ३२ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ । सबै समुहमा समान ४-४ टिम छन् ।
समूह एः बायर्न म्युनिख, एटलेटिको म्याड्रिड, एफसी साल्जबर्ग, लोकोमोटिभ मस्को
समूह बीः रियल म्याड्रिड, शाख्तार डोनेस्क, इन्टर मिलान, बोरुसिया मोन्चेनग्लाडबाक
समूह सीः एफसी पोर्टो, म्यान्चेस्टर सिटी, ओलाम्पियाकोस, मार्से
समूह डीः लिभरपुल, आयाक्स, एटलान्टा, एफसी मिद्त्जील्यान्ड
समूह ई : सेभिया, चेल्सी, क्राज्नोडार, रेन्नेस
समूह एफ : जेनिट सेन्ट पिटर्सबर्ग, बोरुसिया डर्टमुन्ड, लाजियो, क्लब ब्रुगा
समूह जी : युभेन्टस, बार्सिलोना, डिनामो किएभ, फेरेन्साव्रोसी
समूह एच : पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड, आरबी लाइप्जिग, इस्तानबुल बसाकसेइर
खेल कहिले खेलाइन्छ ?
प्रतियोगिताको समूह चरण २० अक्टोबर मङ्गलबारबाट सुरु भई ९ डिसेम्बर बुधबार सकिनेछ । लिग चरणका खेलहरुको समयतालिकाः
पहिलो खेलः २०/२१ अक्टोबर
दोस्रो खेलः २७/२८ अक्टोबर
तेस्रो खेलः ३/४ नोभेम्बर
चौथो खेलः २४/२५ नोभेम्बर
पाँचौ खेलः १/२ डिसेम्बर
छौटौ खेलः ८/९ डिसेम्बर

Leave a Reply

Your email address will not be published. Required fields are marked *