काठमाडौं गोसाइँकुण्ड पुगेर फर्कने क्रममा बिरामी परेका एक जनाको उद्धार गरिएको छ । जनैपूर्णिमा मेलाको लागि गोसाइँकुण्ड पुगेकी नुवाकोटको ककनी गाउँपालिका-८ की ५० वर्षीया नारायणी भण्डारीको उद्धार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार शुक्रबार गोसाइँकुण्डबाट फर्किने क्रममा बिरामी परेकी थिइन् । उक्त स्थानमा रहेको स्वास्थ्य शिविरमा सामान्य उपचारपश्चात् धुन्चे ल्याइएको प्रहरीले जनाएको छ।
