काठमाडौं । गृह मन्त्रालयले अपमानजनक शब्द प्रयोग गरी नागरिकता प्रमाणपत्र जारी नगर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी यसअघि विभिन्न जिल्लाबाट जारी भएका नागरिकता प्रमाणपत्रमा त्यस्ता शब्द प्रयोग भएको प्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताएको हो ।
मन्त्रालयले नागरिकता प्रमाणपत्र लिएका सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउन सकिने जनाएको छ । केही जिल्लामा कथित दलित समुदायको नागरिकता प्रमाणपत्र बनाउँदा अपमानजनक शब्द प्रयोग भएको भन्दै सांसदहरुले समेत आपत्ति जनाएका थिए ।

