प्रज्जवल थापा ।
इन्डियन प्रिमियर लिग (आइपिएल)२०२० अन्तर्गत बुधबार भएको खेलमा कलकता नाइट राइडर्स विजयी भएको छ । राइडर्सले राजस्थान रोयल्सलाई ३७ रनले हराएको हो । दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा कलकताले टस हारी ब्याटिङको निम्तो पाउँदा पूरा २० ओभर खेल्दै ६ विकेको क्षतिमा १७४ बनाएको थियो ।
कलकताको लागि ओपनर शुभ्मन गिलले सार्वधिक ४७ रनको योगदान गरे। उनले ३४ बलको सामना गर्फै ५ चौका र १ छक्का प्रहार गरे। यस्तै आर्का ओपनर सुनिल नरायण १५ रन बनाएर आउट भए । नितेश राना २२ रन जोडेर आउट हुँदा आन्द्रे रसेलले ३ छक्काको सहयोगमा १४ बलमा २४ रन जोडे ।
कप्तान दिनेश कार्तिक १ रन बनाएर जोफ्रा आर्चरको बलमा आउट भए । मोर्गानले २३ बलमा १ चौका र २ छक्काको मद्दतमा ३४ रन जोडे। अन्त्यमा कमिङ्स १२ र नगरकोटीले ८ रनको योगदान गरे । राजस्थानको लागि जोफ्रा आर्चारले उत्कृष्ट बलिङ गर्दै १८ रन खर्चेर २ विकेट लिए । राहुल टेवायियाले १ ओभरमा ६ रन खर्चेर १ विकेट लिए। यस्तै राजपुत, उनडकन्त, कुरानको नाममा समान १-१ विकेट रह्यो । १७५ रनको विजयी लक्ष्य पछ्याएको राजस्थान रोयल्सले पूरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा मात्र १३७ रन बनाउन सक्यो।
राजस्थानको लागि टोम कुरान बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। उनले ३६ बलको सामना गर्दै ३ छक्का र २ चौकाको सहयोगमा ५४ रन जोडे। यस्तै ओपनर जोस बट्लरले २१ र राहुल टेवायिटाले १४ रन जोड्दा अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अङ्क बनाउन सकेनन् । उत्कृष्ट बलिङ गरेको कलकताको लागि कम्लेस नगरकोटीले २ ओभर बलिङ गर्दै १३ रन दिएर २ विकेट लिए ।
सिभम माविले ४ ओभरमा २० रन दिएर २ विकेट लिए। वरुन चर्कभर्तीले ४ ओभरमा २५ रन दिएर २ विकेट लिए । यस्तै सुनिल नरायण, प्याट कमिङ्स र कुलदिप यादवले १ १ विकेट लिए । जितसँगै कलकता ३ खेलमा २ जित र १ हार बेहोर्दै ४ अङ्क जोडेर दोस्रो स्थानमा उक्लिएको छ । आज हुने खेलमा किङ्स ११ पन्जावले मुम्बई इडियन्सको सामना गर्नेछ ।