कोरोना महामारीमा हिमालयद्वारा १७७ उडानमार्फत साढे ३३ हजार नेपालीको उद्वार

काठमाडौं । निजी क्षेत्रको हिमालय एयरलाइन्सले कोभिड–१९ महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द रहेको समयमा १७७ उडानमार्फत साढे ३३ हजार नेपालीलाई स्वदेश ल्याएको जनाएको छ ।

कम्पनीले बुधबार सन् २०२०–२१ अवधिभर गरिएका विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वको रूपरेखासहितको प्रतिवेदन सार्वजनिक गर्दै महामारीको समयमा दुई लाख डोज कोरोनाविरुद्वको खोप ल्याउन दुई करोड २५ लाख रुपियाँ बराबरको निःशुल्क चारवटा कार्गो उडान गरेको जनाएको छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत महामारीको समयमा एक करोड रुपियाँ कोभिड कोषमा जम्मा गरेको जनाउँदै कम्पनीले त्यसबाहेक अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

एयरलायन्सकी ब्रान्ड विभागीय प्रमुख उज्ज्वला दलीले चुनौतीपूर्ण समयमा एयरलाइन्सले आफ्नो व्यावसायिक मर्यादालाई पालना गर्दै समाज र राष्ट्रको उन्नतिका लागि आफ्नो प्रतिबद्धतालाई कायमै राख्न सफल रहेको बताइन् ।

एयरलाइन्सका मेन्टिनेन्स एन्ड इन्जिनियरिङ विभागीय प्रमुख राजेशप्रसाद श्रेष्ठले कोभिडका बेला संस्थागत सामाजिक उत्तरदायित्वको भूमिका पहिलेको भन्दा अझ बढी महŒवपूर्ण भएको महसुस गरेको बताए ।२०१४ मा स्थापना भएको हिमालय एयरलाइन्सले २०१६ मेमा एउटा जहाजबाट उडान थालेको थियो । पहिलो उडान कतारको दोहा गरेको थियो । हाल १० वटा क्षेत्रमा उडान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *